सरकारसँगको वार्ता असफल भएपछि पुनः सद्भावनाको अनशन सुरु

८ जेठ । तत्काल चुनावमिति घोषणाबारे सरकारसँगको वार्ता असफल भएपछि नेपाल सद्भावना पार्टीका अध्यक्षसहित पदाधिकारीहरु आमरण अनशनमा बसेका छन् ।
काठमाडौको रत्नपार्कमा मंगलबारबाट सद्भावना अध्यक्ष राजेन्द्र महतो, सह–अध्यक्ष लक्ष्मणलाल कर्णलगायतका नेता आमरण अनशनमा बसेका हुन् । तत्काल चुनावको मिति घोषणा, निर्वाचन क्षेत्र पुनःनिर्धारण आयोग गठनलगायतका १० सुत्रीय मागराखी सद्भावनाका नेता कार्यकर्ता तराईका विभिन्न जिल्लामा ७ दिनसम्म अनशन बसेका थिए । मागबारे तीन दिनसम्म वार्ता भएपनि चुनाव मिति घोषणा गर्नुपर्ने मागप्रति सरकारले चासो नदेखाएको महतोको भनाइ छ । यसैबीच चुनाव मिति घोषणा, निर्वाचन क्षेत्र पुनःनिर्धारण आयोग गठनबारे दलहरुसँग छलफल भैरहेकाले आन्दोलनका कार्यक्रम फिर्ता लिन सरकारले आग्रह गरेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...