चितवनमा पाठ्यपुस्तकको अभाव

९ जेठ ।  नयाँ शैक्षिक सत्र शुरु भएर पठनपाठन भएको एक महिना वितिसक्दा पनि चितवनका केही गाविसका विद्यार्थीले अझै पाठ्यपुस्तक पाएका छैनन् ।
 सामुदायिक विद्यालयमा प्रयोग हुने अनिवार्य विषयका पुस्तकको अभाव बढी देखिएको छ । निम्न माध्यमिक तहमा कक्षा ५ का सबै विषयको पुस्तक, माध्यामिक तहमा कक्षा ८ र १० को ऐच्छिक अग्रेजी विषयको पुस्तकको बढी अभाव भएको साझा प्रकाशनले बताएको छ । पुस्तक अभाव भएकोबारे पटक, पटक जनक शिक्षा सामग्रीलाई जानकारी गराउँदा पनि सुनवाई नभएको जिल्लास्थित साझाको भनाई छ । समयमा विद्यार्थीको हातमा पुस्तक पुग्न नसकेपछि पठन पाठनमा अवरोध हुने गरेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...