अमेरिकामा समुद्री आँधीबाट ९१ जनाको मृत्यु

७ जेठ । अमेरिकाको ओक्लोहामा शहरमा आएको भयानक समुद्री आँधीका कारण ९१ जनाको मृत्यु भएको छ । आँधीका कारण १ सय ५० जनाभन्दा बढी घाइते भएका छन् भने केही मानिस हराइरहेका छन् । मृतकहरूमध्ये २० बालबालिका छन् । आँधीले ओकिनावा शहरको मोरी क्षेत्र वरपर सबैभन्दा बढी क्षति पु¥याएको छ । त्यस्तै, ओकिनावाका दुई विद्यालय क्षतिग्रस्त भएका छन् । समुद्री आँधी तीन सय २० किलोमिटर प्रतिघण्टाको गति आएको थियो । यसैबीच, राष्ट्रपति बाराक ओबामाले ओक्लाहोमालाई प्राकृतिक विपद् क्षेत्र घोषणा गरेका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...