नायिका रेखा थापा एमाओवादीमा प्रवेश

४ जेठ । एकिकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले गणतान्त्रीक संविधान निर्माण गर्न जनताले आफ्नो पार्टीलाई २ तिहाई मत दिनुपर्ने बताउनु भएको छ ।
 पार्टी कार्यालय कोटेश्वरमा एक समारोहका बिच नेकपा एमालेकी पोलिट्व्युरो सदस्य उर्मिला अर्याललाई पार्टी प्रवेश गराउदै अध्यक्ष दाहालले एनेकपा माओवादीसंग २ तिहाई मत नभएकै कारण अघिल्लो संविधानसभाले संविधान दिन नसकेको दावी गर्नुभयो । कतिपय शक्तिहरु चुनाव हुन नदिने षड्यन्त्रमा लाग्न सक्ने दावी गर्दै अध्यक्ष दाहालले निर्वाचन सम्पन्न गर्न आफ्नो पार्टीले राजनितिक सहमति मार्फत प्रयत्न गर्ने बताउनुभयो । अध्यक्ष दाहालले अघिल्लो संविधानसभाको चुनावमा एमालेका कार्यकर्ताहरुको सहयोगवाट नै आफ्नो पार्टी ठुलो पार्टी हुन सकेको दावी गर्नुभयो । समारोहमा नेकपा एमालेकी नेतृ उर्मिला अर्याल, चलचित्रकी नायिका रेखा थापा लगायत आधा दर्जन कार्यकर्ता एनेकपा माओवादीमा प्रवेश गरेका थिए ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...