सदरुल मियाँ हकको चार दिन पछि अन्त्योष्टि गरियो

१० जेठ ।  सरकारसगको सहमतिपछि अज्ञात समुहबाट हत्या गरिएका पूर्व सभासद् सदरुल मियाँ हकको शव चार दिनपछि मुस्लिम धर्मानुसार अन्त्येष्टी गरिएको छ ।
 गृहमन्त्री माधव घिमिरे घटनास्थल पुगेर माग पूरा गर्ने आश्वासन दिएपछि हकको अन्त्येष्टी गर्नुका साथै आनदोलनका कार्यक्रम फिर्ता भएका छन् । हक हत्याका छानवीन माग गर्दै सर्घषमा उत्रिएका पक्षसग गृहमन्त्रीको वार्तापछि शव उठाउने सहमति भएको हो । कल्याणपुरस्थित पूर्व पश्चिम राजमार्गमा तीन दिनदेखि राखिएको पूर्व सभासद्को हकको पाथिर्व शरीरमा गृहमन्त्री घिमिरेले शुक्रबारै अन्तिम श्रद्धान्जली अर्पण्ँ गर्नुभएको थियो । संघर्षसमिति र आफन्तसगको भेटमा गृहमन्त्री घिमिरेले हकका हत्यारालाई पक्राउ गर्न, हकलाई शहिद घोषणा र मुस्लिम नेताहरुलाई उच्च सुरक्षा प्रदान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । चार दिनअघि सप्तरीको कल्याणपुरस्थित आफ्नै पेट्रोल पम्पमा अज्ञात समूहले हकको हत्या गरेका थिए । गृहमन्त्री घट्नास्थलमै पुगेर माग सम्बोधन गर्ने प्रतिबद्धतापछि संघर्षरत पक्षले राजमार्ग बन्दको कार्यक्रम शुक्रबारैबाट फिर्ता लिएको छ । सहिद घोषणा सहितका मागहरु पूरा गर्न प्रक्रियामै रहेकाले आन्दोलनको स्वरुप बदलिंदै अवरुद्ध राजमार्ग सञ्चालन हुन दिएको संघर्ष समितिका सदस्य इरसाद अन्सारीले बताउनुभयो । हकका हत्यारा पक्राउ गर्न सीआईबीको टोली र  जिल्लास्थित सुरक्षा निकायहरु समेत लागि परेपनि हत्याको चार दिन सम्म हत्यारा पक्राउ पर्न सकेको छैन ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...