चुनावमा वहकिएर अनावश्यक नबोल्न नेताहरुलाई रेग्मीको आग्रह

१२ जेठ । मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले चुनावका विषयमा बहकिएर अनावश्यक कुरा बोल्दै नहिड्न नेताहरूलाई आग्रह गर्नुभएको छ ।
 बुद्धजयन्तीको अवसरमा शनिबार काठमाडौमा भएको कार्यक्रममा अध्यक्ष रेग्मीले सरकार चुनाव गराउन प्रतिबद्ध भएर लागेको भन्दै यस विषयमा असान्दर्भिक अभिव्यक्ति नदिन नेताहरूलाई आग्रह गर्नुभएको हो । उहाँले चुनावसम्बन्धी सम्पूर्ण कामको व्यवस्थापन गरेर सरकारले केही दिनभित्रै मिति घोषणा गर्ने बताउनुभयो । अध्यक्ष रेगमीले बुद्धले सिकाएको शान्ति, अहिंसा र मानवताको विषय आजको समयमा पनि उत्तिकै महत्वपूर्ण रहेको भन्दै शान्तिको बाटोमा हिड्न सबैलाई आग्रह गनुभयो । यसैबीच, मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले सरकारको ध्यान चुनावतर्फ केन्द्रित भएको बताउनु भएको छ । बुद्ध जयन्ती एवं लुम्बिनी दिवसको अवसरमा लुम्बिनीमा शनिबारको भएको समारोहमा अध्यक्ष रेग्मीले दलहरूलाई गम्भीर भएर चुनावतर्फ लाग्न आग्रह गर्नु भएको हो । उहाँले बुद्धको अद्वितीय शान्तिको सन्देश विश्वको मार्गदर्शक भएको भन्दै अहिंसा र शान्तिलाई अंगिकार गरेमा विश्व समुदाय समृद्धितर्फ उन्मुख हुने पनि बताउनुभयो । उहाँले शान्ति र अहिंसा सामाजिक परिर्वतनको मूलभूत आधार भएको पनि बताउनुभयो । कार्यक्रममा लुम्बिनी विकास कोषका अध्यक्ष तथा बुद्धजयन्ती समारोहका सभाध्यक्ष संस्कृति मन्त्री रामकुमार श्रेष्ठले लुम्बिनीको विकास विस्तार र प्रबद्र्धनका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो । कार्यक्रममा कोषका उपाध्यक्ष आचार्य कर्मा सांगबो शेर्पाले लुम्बिनीको गुरुयोजना अनुसारको काम ७५ प्रतिशत सम्पन्न भइसकेको जानकारी दिनुभएको थियो ।






0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...