उत्खननका क्रममा बुद्धकालीन सामाग्री फेला - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

उत्खननका क्रममा बुद्धकालीन सामाग्री फेला

Share This
५ जेठ । ऐतिहासिक, पुरातात्विक एवं पर्यटकीयस्थल रूपन्देहीको देवदहमा उत्खनन्का क्रममा बुद्धकालीन सामाग्रीहरू फेला परेका छन् । भगवान गौतम बुद्धको मावली अर्थात तत्कालीन कोलिय राज्यको राजधानी देवदहको भवानीपुर र पण्डितपुरमा गरिएको उत्खनन्मा प्राचीन इनार, भा“डा, गरगहना तथा मूर्ति फेला परेको पुरातत्व विभागले जनाएको छ । विभागले गत बैशाख १७ गतेबाट थालेको उत्खनन्का क्रममा यी सामाग्रीहरू फेला पारेका हुन् । प्राचीन कुषाण कालीन र मौर्य कालीन सामाग्रीहरू पनि फेला परेको पुरातत्व विभागका प्रवक्ता रामबहादुर कु“वरले जानकारी दिनुभयो । यसअघि, सन् १८९५ मा बुद्ध जन्मस्थल लुम्बिनी र तिलौराकोटमा पनि यस्तै सामाग्रीहरू फेला परेका थिए । पुरातत्वविद् प्रकाश दर्नालका अनुसार तत्कालीन कोलिय राज्यको राजधानी देवदह पत्ता लगाउन पुरातत्व विभागले तीन वर्षदेखि लगातार उत्खनन् गर्दै आएको छ । उत्खनन्का क्रममा यसक्षेत्रमा बुद्धकालीन तथ्यहरू फेला परेको भएपनि भवानीपुर वा पण्डितपुरमध्ये कुन प्राचीन कोलिय गणराज्यको राजधानी हो भन्ने यकिन गर्न अझै नसकिएको पुरातत्वविदहरूले जनाएका छन् ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here