नेपाल आदिवासी जनजाती महासंघको अध्यक्षमा नगेन्द्रकुमार कुमाल निर्वाचित

३१ बैशाख । नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा नगेन्द्रकुमार कुमाल निर्वाचित हुनुभएको छ ।

गए राति सम्पन्न निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी चन्द्रविक्रम राईलाई १५ मतले पराजित गर्दै कुमाल ३ वर्षका लागि महासंघको अध्यक्षमा निर्वाचित हुनुभएको हो । खसेको कुल ५३ मतमध्ये कुमालले ३२ मत र राईले १७ मत पाउनुभएको थियो । अध्यक्षका अर्का प्रत्यासी नरेश ताम्राकारले तीन मत प्राप्त गर्नुभयो । बिजयी भएपछि अध्यक्ष नगेन्द्रकुमार कुमालले आदिवासी जनजातिको मुद्दालाई स्थापित गराउन आफू कटिबद्ध भएर लागिपर्ने बताउनुभयो । उहाँले जातीय पहिचान सहितको संघीयताका लागि दबाबमूलक अभियान सञ्चालन गर्ने बताउनुभयो । महासंघको महासचिवमा पाँच जना प्रतिस्पर्धीलाई पछि पार्दै पेम्बा भोटे निर्वाचित हुनुभएको छ । उहाँले २२ मत पाउनुभएको छ ।


उपाध्यक्षमा महिलातर्फ रोश्नी मेचे, हिमालबाट डन्डु शेर्पा, पहाडबाट सूर्यबहादूर भुजेल, भित्री मधेसबाट तपिया दराई र तराइबाट रामअवतार मण्डल निर्वाचित हुनुभएको छ । सचिवमा महिलाबाट यशोधा चौधरी, हिमालबाट गणेशलाल थकाली, पहाडबाट यमबहादुर चेपाङ, भित्री मधेशबाट चिनीमायाँ माझी, तराईबाट ध्यानी उराव निर्वाचित हुनुभएको छ । कोषाध्यक्षमा जगतबहादुर बराम निर्वाचित हुनुभएको छ । आदिवासी जनजाति महासंघको महाधिबेशनले ३० बुँदे सौरहा घोषणा पत्र पनि जारी गरेको छ । घोषणापत्रमा पहिचानसहितको संघीयता,धर्म निरपेक्षता, गणतन्त्र,समावेशीतालगायतका सवाललाई संस्थागत गर्ने, विघटित संविधानसभा ३ महिनाका लागि पुनस्र्थापना गरी जनताको पक्षमा संविधान जारी गर्नुपर्ने माग गरिएको छ ।

,

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...