आइपीएलको उपाधि मुम्बई इन्डियन्सले जित्यो

१३ जेठ । मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

कोलकत्तास्थित इर्डेन गार्डेनमा गएराती सम्पन्न भएको फाइनल खेलमा मुम्बई इन्डियन्सले दुई पटकको च्याम्पियन चेन्नई सुपर किङग्सलाई २३ रनले पराजित गदै पहिलो पटक उपाधी माथि कब्जा जमाउन सफल भएको हो । टस जितेर पहिले ब्याटिङ गरेको मुम्बई इन्डियन्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १ सय ४८ रनको योगफल तयार पारेको थियो । मुम्बई इन्डियन्सका लागी केइरोन पोलार्डले सर्बाधिक ६० रनको योगदान दिए । उनले ३२ बलको सामना गदै ७ चौका र ३ छक्का प्रहार गरेका थिए । त्यस्तै, अम्बाती रायुदुले ३७ रन, दिनेश कार्तिकले २१ रन र हरभजन सिंहले १४ रन जोडेका थिए । १ सय ४९ रनको विजय लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको चेन्नई सुपर किङग्सको पारी नौ विकेटको क्षतीमा मात्र १ सय २५ रनमा समेटिएको थियो । चेन्नई सुपर किङग्सका लागी कप्तान महेन्द्र सिंह धोनीले ६३ रन, मुरली विजयले १८ रन, ड्यान बाभ्रोले १५ रन तथा एल्बोई मोर्केलले १० रन जोडेका थिए । चेन्नईको पारी ध्वस्त पार्ने क्रममा मुम्बईका लासिथ मालिङगा, मिचेल जोनसन र हरभजन सिंहले समान दुई—दुई विकेट झारेका थिए । प्रागेन ओझा, रिशी धवन र केइरोन पोलार्डले एक—एक विकेट लिएका थिए । प्रतियोगितामा मुम्बईका केइरोन पोलार्ड म्यान अफ दी म्याच चुनिए । यता सेन वाट्सन भने प्लेयर अफ दी सिरिज घोषित भएका छन । गतवर्ष यो प्रतियोगिताको उपाधी कोलकत्ता नाइट राइडरले जितेको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...