काठमाडौँको ठमेलमा भएको आगलागीबाट करोडौंको क्षति

३ जेठ । काठमाडौको ठमेलमा गएराति भएको आगलागीबाट करोडौंको क्षति भएको छ ।
आगलागीबाट दुई घर जलेर नष्ट भएका छन् । ठमेलस्थित काठमाडौं गेष्ट हाउस नजिकैका फेसेस लगेज रेष्टुरेण्टबाट आगो सल्किएको थियो । आगो निभाउने क्रममा प्रहरी हवल्दार बालकृष्ण श्रेष्ठ, रेष्टुरेण्टमा काम गर्ने महेश खनाल र विकास अधिकारी घाइते भएका छन् । त्यस्तै, पुस्तक कलेक्सनमा विश्कै आठौ नम्बरमा पर्न सफल पिलग्रिम बुक्स हाउस पनि पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । यसका साथै बुक्स हाउसभित्र रहेका पिलग्रिम रेष्टुरेण्ट, सिसा हुक्काबार लगायत पनि जलेर नष्ट भएका छन् । प्रत्यक्षदर्शीका अनुसार शेरबहादुर शाही र विजय शाहीको घरमा रहेको फेसेस रष्टुरेण्टको भान्साकोठाको जेनेरेटरबाट आगो सल्किएको थियो । बेलुका करिब ९ बजे लागेको आगो शुक्रबार दिउँसोमात्र नियन्त्रण आएको थियो । आगो निभाउन काठमाडौ, ललितपुर, भक्तपुर, प्रहरी, सेना र एअरपोर्टका दमकलहरू प्रयोग गरिएको थियो । आगलागी भएको स्थान साँघुरो गल्लीमा रहेकाले दमकल पु¥याउन कठिन भएको थियो । आगो निभाउन दुई सयभन्दा बढी सुरक्षाकर्मी, आठ दमकल, २० भन्दाबढी पानी ट्याङ्कर र स्थानीयवासी खटिएका थिए ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...