लेवनानमा बन्दुकधारीको आक्रमणबाट तीन सैनिकको मृत्यु

१४ जेठ । लेवनानमा बन्दुकधारीको आक्रमणमा तीन सरकारी सैनिकको मृत्यु भएको छ ।

 लेवनानी सेनाका अनुसार, सिरिया र लेवनानको सिमा स्थित बेका उपत्यकामा रहेको सेनाको चेकजाँच पोष्टमा बन्दुकधारीले आक्रमण गरेका हुन् । आक्रमण लगत्तै बन्दुकधारीहरु सिरिया तर्फ भागेको जनाइएको छ । लेवनान र सिरियाको सिमालाई सिरियाली विपक्षी बिद्रोहीहरुले हातहतियार ओसारपसार र सरकार विरुद्धको आक्रमणको केन्द्र बनाउँदै आएका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...