सहमती अनुसार चुनावी वातावरण तयार पार्न सरकारलाई सुझावः गौतम


१ जेठ । नेकपा एमाले उपाध्यक्ष बामदेव गौतमले प्रमुख दलबीचको सहमतिअनुसार चुनावी वातावरण तयार पार्न सरकारलाई सुझाव दिनुभएको छ ।

काठमाडौंमा मंगलबार भएको कार्यक्रममा उपाध्यक्ष गौतमले सरकार गठनका बेला भएको ११ बुँदे सहमतिलाई केन्द्रविन्दुमा राखेर अघि बढ्नुपर्ने बताउनुभएको हो । अबको संविधानसभा चार सय ९१ सदस्यीय बनाउने सहमति दलहरूबीच भइसकेकोले यो विषय निर्वाचन क्षेत्र निर्धारण आयोगको कार्यक्षेत्रमै उल्लेख गर्नुपर्ने उहाँको भनाइ छ ।

उपाध्यक्ष गौतमले थ्रेसहोल्ड नभएकै कारण संविधानसभा असफल भएको भन्दै अबको चुनावमा त्यस्तो गल्ती गर्न नहुने पनि बताउनुभयो । विगतको गल्ती नदोहो¥याउन अबको चुनावमा कडा थ्रेसहोल्डको व्यवस्था गर्नुपर्ने पनि उहाँले सुझाव दिनुभयो । उपाध्यक्ष गौतमले चुनावमा भाग नलिने दललाई जनताले आफ्नो प्रतिनिधि मान्न नसक्ने भएकाले सबै दललाई चुनावमा भाग लिन आग्रह गर्नुभयो । उहाँले मंसिरसम्म चुनाव हुन नसके संयुक्त राष्ट्रसंघले हस्तक्षेप गर्ने भन्दै त्यसतर्फ पनि सबै दललाई ध्यान दिन आग्रह गर्नुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...