पूर्वी तराईका जिल्लामा सुपारी तस्करी तीब्र

५ जेठ । पछिल्लो समय झापाको काँकडभिट्टा भन्सार नाकाबाट सुपारी तस्करी तिव्र बनेको रहस्य खुलेको छ । तस्करहरुले सुपारी तस्करीका लागि महिला, बालबालिका र अपाङगहरुलाई प्रयोग गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । प्रहरी अनुसन्धानमा सुपारी तस्करीमा बढि मात्रमा महिला प्रयोग गर्ने गरेको पाइएको छ । महिलाहरुले सुरुवालको बाहुलामा सुपारी राखेर निर्यात गर्ने गरेको प्रहरीले जनाएको छ । यस्तो प्रकृयाबाट एकपटकमा महिलाले २० किलोग्रामसम्म सुपारी भन्सारबाट करिव २ सय ५० मिटर टाढा रहेको मेची पुल कटाउने र प्रतिकिलो भारतीय २० रुपैया लिने गरेको भेटिएको छ । यो बाहेक रिक्सा , साइकल र ट्रयाक्टर समेत सुपारी तस्करीमा प्रयोग गर्ने गरेकोले प्रहरीले भन्सार आसपासमा चेकजाचलाई कडा बनाएको झापा प्रहरीले जनाएको छ

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...