कुमार खड्काको नेतृत्वमा अखण्ड नेपाल पार्टी घोषणा

१३ जेठ । जातीय संघीयताको विरोध गर्दै अखण्ड नेपाल पार्टी घोषणा भएको छ ।
खुल्ला मञ्चमा एक कार्यक्रम गरी अखण्ड नेपाल नामक पार्टी घोषणा गरिएको हो । पार्टीले अहिलेका पाँच विकास क्षेत्रलाई पाँच प्रदेश र काठमाडौं, भक्तपुर र ललितपुरलाई केन्द्र शासित गरी ६ वटा बनाउनु पर्ने प्रस्ताव गरेको छ । पार्टीले अबको चुनावमा सदनमा सशक्त उपस्थिति जनाउने दावी पनि गरेको छ । सभालाई सम्वोधन गर्दै सो पार्टीका अध्यक्ष खड्काले प्रमुख ठूला दलहरु देशलाई निकाश दिन असफल भएको आरोप लगाए । नयाँ विचारका साथ मुलुकलाई अघि बढाउन नयाँ शक्तिको आवश्यकता महशुस गरी आफूहरुले पार्टी गठन गरेको खड्काको कथन थियो । पार्टी अध्यक्ष कुमार खड्काले नेपालीको परिचय जातीयतामा मात्र सीमित बनेको भन्दै अस्तित्वका लागि नयाँ पार्टी गठन गरेको समेत बताउनुभयो । उहाँले एक जातिले अर्को जातिको, एक भूगोलले अर्को भूगोलको, एक पार्टीले अर्को पार्टीको अस्तित्व नस्वीकार्ने प्रवृतिको विकास हुन थालेको भन्दै सहअस्तित्व समाजवादमा जोड दिएको छ । पार्टीका महासचिव प्राध्यापक डाक्टर नन्दबहादुर सिंहले अखण्ड नेपाल पार्टी संघीयता विरोधी नभएको भन्दै भूगोल र सस्कृतिका आधारमा संघीयता हुनुपर्नेमा जोड दिनुभयो । अखण्ड नेपाल पार्टीले १५ सय जनाको अखण्ड सुरक्षा बलको पनि गठन गरेको छ । अखण्ड नेपाल नामक पार्टी केही दिनअघि निर्वाचन आयोगमा दर्ता समेत गरिएको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...