युरोपा लिग फुटबलको उपाधि चेल्सीलाई

२ जेठ । चेल्सीले युरोपा लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
बुधबार राति एम्स्टर्डम एरिनामा भएको फाइनल खेलमा चेल्सीले बेन्फिकालाई एकका विरुद्ध दुई गोलअन्तरले पराजित गर्दै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म दुवै क्लब गोलरहित बराबरीमा रोकिएका थिए । खेलको ५९ औ मिनेटमा चेल्सीका लागि फर्नान्डो टोरेसले पहिलो गोल गर्दै क्लबलाई सुरुवाती अग्रता दिलाएका थिए । टोरेसले गोल गरेपछि निकै आक्रामक खेलेको बेन्फिकाले ६८ औ मिनेटमा पेनाल्टी हान्ने मौका प्राप्त ग¥यो । यो अबसरलाई ओस्कार कार्डोजोले सदुपयोग गर्दै खेललाई एक—एक गोलको बराबरीमा ल्याएका थिए । खेलको ९० औ मिनेटमा जुवान माटाले कर्नरबाट प्रहार गरेको बललाई सदुपयोग गर्दै ब्रानिस्लाभ इभानोभिचले हेडमार्फत गोल गरेका थिए । त्यसपछि खेलमा थप गोल भएन र खेल चेल्सीले दुई-एक गोलअन्तरले जित्यो । प्रशिक्षक राफेल बेनिटेजले चेल्सी सम्हालेपछिको यो पहिलो उपाधि हो । रोवर्ट डी माटियालाई बर्खास्त गरेपछि बेनिटेज चेल्सीको अन्तरिम प्रशिक्षक बनेका थिए ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...