ज्ञानेन्द्रलाई पनि स्वीकार्न सकिन्छ - नेता महरा

मंगलबार नेपालगन्जमा क्रान्तिकारी पत्रकार संघले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा एमाओवादी स्थायी समितिका सदस्य कृष्णबहादुर महाराले पुर्वराजालाई आफ्नो पार्टीले आउँदो संबिधान सभाको निर्वाचनको लागि उम्मेदवार बनाउन चाहेको बताएका छन् ।

उनले लोकमानसिंह कार्कीलाई अख्तियारको प्रमुख आयुक्त बनाएको बिषयमा पूर्वाग्रही हुन नहुने तर्क गर्दै परि आएमा ज्ञानेन्द्रलाई पनि स्वीकार्न सकिने बताएका थिए ।

कार्यक्रममा बोल्दै नेता महराले पूर्वराजा ज्ञानेन्द्र शाहलाई परिवर्तन भएर आउन आग्रह गर्दै भनेका छन्, पूर्वराजा ज्ञानेन्द्र शाह परिवर्तन भएर पार्टीमा आए संबिधान सभा निर्वाचनका लागि उम्मेदवार बनाउन सकिन्छ ।

महराले सशस्त्र विद्रोहकै बेलामा पनि नेपालगन्जमा भएको बार्तामा राजतन्त्रलाई त्यागेर आए पहिलो राष्ट्रपतिको पद दिन सकिने प्रस्ताव गरेको स्मरण गर्दै, कसैप्रति आग्रह र पूर्वग्रह राख्न नहुने भन्दै लोकतान्त्रिक गणतन्त्रलाई आत्मसाथ गर्दै, 'पहिलेको अस्वस्थाबाट सुध्रिएर चुवान लड्छु भन्दै आए एमाओवादीले टिकट दिने’ बताएका हुन् ।

महराले ज्ञानेन्द्र उनको पार्टीमा टिकट लिन नआउने थाहा पाउँदा पाउँदै पूर्वराजालाई टिकट दिने भन्नुको कारण भने लोकमानसिंह कार्कीलाई अख्तियारमा प्रमुख आयुक्त बनाइएको बिषयलाई लिएर बिरोध गर्नुहुन्न भन्ने कुरालाई दर्शाउन चाहेका हुन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...