चार दलले देश नै विदेशीलाई सुम्पन लागेः देव गुरुङ

७ जेठ ।नेकपा–माओवादीका सचिव देव गुरुङले चार दलले विदेशीको दलाली गरेर देश नै विदेशीलाई सुम्पन लागेको आरोप लगाउनु भएको छ । भक्तपुरमा मंगलबार भएको साक्षात्कारमा गुरुङले विदेशीलाई नागरिकता वितरण गरेर राष्ट्रिय स्वाधिनता र सार्वभौमसत्ता समाप्त पार्न लागेको आरोप लगाउनु भएको हो । उहाँले हुनै नसक्ने चुनावका नाममा विदेशीलाई धमाधम नागरिकता बाँडेको भन्दै चार दलका नेताहरुलाई राष्ट्रघातीको संज्ञा दिनुभयो । सचिव गुरुङले राजतन्त्र अन्त्य भएपनि चारदलका नेतामा राजतन्त्रीय प्रवृत्ति कायम रहेकाले चुनाव सम्भव नभएको जिकिर गर्नुभयो । सचिव गुरुङले एकाधिकार, दलाल र नोकरशाही प्रवृत्ति कायम रहेसम्म अग्रगामी कार्य सम्भव नहुने भन्दै माओवादीको नेतृत्वमा आन्दोलनको आँधीबेहेरी ल्याउने चेतावनी दिनुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...