म्यानमारमा विद्रोही र सरकारबीच प्रारम्भिक शान्ति सम्झौता

१७ जेठ । म्यानमारका काचिन बिद्रोही र सरकारबीच प्रारम्भिक शान्ति सम्झौता भएको छ ।
म्यानमार सरकार र बिद्रोही विच तत्कालै युद्धविराम गर्ने लगायतका ७ बुँदे शान्ति सम्झौता भएको एक मध्यस्थकर्ताले बताएका छन् । म्यानमारको काचिन प्रान्तमा ३ दिन देखी सरकार र बिद्रोही विचको वार्तापछी युद्धविरामको सहमति भएको हो । काचिन स्वतन्त्र सेना नामको बिद्रोही संगठन र राष्ट्रपति थाई सेन नेतृत्वको सरकार विचको १७ बर्ष लामो युद्धविराम सम्झौता सन् २०११ मा भंगभएपछि ससस्त्र बिद्रोह भड्किएको थियो । दुई बर्ष यतामात्र काचिन बिद्रोहका कारण म्यानमारमा हजारौं मानिसहरु विस्थावित भएका छन् । म्यानमारको प्रजातन्त्रको बाधकको रुपमा काचिन बिद्रोहलाई चित्रण गरिएको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...