म्यान्चेस्टर सिटीका सर्जियोले थप एक वर्षका लागि सम्झौता गरे

१२ जेठ । इंग्लिस क्लब म्यान्चेस्टर सिटीका स्ट्राइकर सर्जियो अगुइरोले क्लबसंग थप एक वर्षसम्मका लागी सम्झौता गरेका छन ।
२४ वर्षिय अर्जेन्टिनी स्ट्राइकर अगुईरोले गएराती एक वर्षसम्मका लागी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । अगुईरो सन् २०११ मा स्पेनी क्लब एथलेटिको म्याड्रिडबाट म्यान्चेस्टर सिटीमा आबद्ध भएका थिए । गत वर्षको इंग्लिस प्रिमियर लिगको उपाधी सिटीलाई दिलाउन अगुईरोले महत्वपुर्ण भुमिका निर्बाह गरेका थिए । अहिलेसम्म सिटीबाट खेलको ८८ खेलमा अगुईरोले ४७ गोल गरेका छन । अगुईरोले आगामी सिजनको प्रिमियर लिगको उपाधी सिटीलाई जिताउनका लागी अहिले देखि नै कडा मिहिनेत गर्ने बताएका छन ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...