सिरियामाथि लगाएको हाहतियार नाकाबन्दी फुकुवा गरिने

१४ जेठ । युरोपेली युनियनले सिरियामाथी लगाएको हातहतियार नाकाबन्दी फुकुवा गर्ने निर्णय गरेको छ ।

बेल्जीयमको राजधानी ब्रसेल्समा बसेको युरोपेली युनियनका विदेशमन्त्रीहरुको बैठकले सिरियामा हातहतियार निर्यात गर्न सन् २०११ मा लगाएको नाकाबन्दी नविकरण नगर्ने निर्णय गरि नाकाबन्दी फुकुवा गरेको हो । यससँगै सिरियामा हातहतियार निर्यात गर्न युरोपेली मुलुकहरुलाई सहज भएको छ । दुई बर्ष अघि सिरियामा बिद्रोह सुरु भए यता लगाइएको नाकाबन्दीको अन्तिम म्याद आगामी शनिवार सकिँदैछ । हातहतियार निर्यात बाहेकका सिरियाली राष्ट्रपति बसर अल असद र उच्च सरकारी अधिकारीहरुका सम्पत्ती रोक्का, व्यापार तथा वित्तिय कारोबारमा प्रतिबन्ध गर्ने लगायतका नाकाबन्दी भने यथावत रहेको जनाइएको छ । ब्रसेल्स बैठकमा १२ घण्टा लामो छलफल पछि पनि सिरियामाथी हातहतियार नाकाबन्दी नविकरण गर्ने सवालमा युरोपेली युनियनका विदेशमन्त्रीहरु विच सहमति नभएको हो । सिरियाली विद्रोहीलाई हातहतियार उपलब्ध गराउनु पर्ने वकालत गरिरहेका ब्रिटेन र फ्रान्स लगायतका मुलुकहरुलाई अब सहज भएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...