१६ किलो सुन सहित ४ जना पक्राउ

 २ जेठ । काठमाडौँको वौद्धबाट प्रहरीले १६ किलो सुनसहित ४ जनालाई नियन्त्रणमा लिएको छ ।
तिब्बतबाट सडक मार्ग हुँदै अवैध रुपमा नेपाल भित्र्याईएको प्रहरीले जनाएको छ ।  सुनको १६ वटा विस्केटसहित  पक्राउ पर्नेहरुमा नाम्गेल शेर्पा, सोनाम शेर्पा, सानु शेर्पा र साने शेर्पा रहेका छन् । प्रहरी अनुसन्धानका क्रममा उनीहरुले तिब्बतको खासाबाट जुत्तामा लुकाएर सुन भित्र्याएको जनाएका छन् । विशेष सुराकीको आधारमा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । घटनाबारे थप अनुसन्धान जारी रहेको  छ ।

,

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...