अवैध सम्पत्ति आर्जन गरेको अभियोगमा ५ गुण्डा विरुद्ध मद्दा दर्ता

५ जेठ । गुण्डागर्दी गरी अबैध सम्पत्ति आर्जन गरेको भन्दै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले ५ जना विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

यसरी मुद्दा लाग्नेहरुमा गणेश लामा, पर्शुराम बस्नेत, दीपक मनांगे भनिने राजेन गुरुङ, चक्रे मिलन र अभिषेक गिरी रहेका छन् । आइतबार दर्ता गरिएको अभियोगमा बस्नेतले ११ करोड ६१ लाख ४१ हजार ९ सय ७७ रुपैयाँ गैरकानुनी रुपमा सम्पत्ति आइतबार्रन गरेको उल्लेख छ । त्यस्तै मनांगेले १४ करोड ७३ लाख ३१ हजार गैरकानूनी सम्पत्ति आइतबार्रन गरेको अभियोग लगाइएको छ भने गिरीले २ करोड ९४ लाख ४६ हजार ५ सय ८८ रुपैयाँ ७२ पैसा गैरकानुनी रुपमा सम्पत्ति आइतबार्रन गरेको अभियोगमा उल्लेख छ । त्यसैगरी चक्रे मिलनले ७ करोड ८ लाख १७ हजार २ सय २६ रुपैयाँ अवैध सम्पत्ति आइतबार्रन गरेको अभियोगमा उल्लेख छ । विजय गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रीकका केन्द्रिय सदस्य गणेश लामाको भने अन्तिम समयमा मुद्दा दर्ता भएन । लामालाई सम्पत्ति शुद्धिकरण विभागले २७ करोड १ लाख ६१ हजार ५८ रुपैयाँ गुण्डागर्दीबाट आइतबार्रन गरेको अभियोग लगाएको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...