आरोप पत्यारोपमा मात्र केन्द्रीत नहुन नेताहरुलाई प्रचण्डको आग्रह

१२ जेठ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहलले देश जटिल परिस्थितिबाट गुज्रिएको भन्दै एकले अर्काेलाई आरोप नलगाउन नेताहरूलाई आग्रह गर्नु भएको छ ।
 काठमाडौमा शनिबार भएको कार्यक्रममा अध्यक्ष दाहाल केही समयपछि नेकपा–माओवादी अध्यक्ष मोहन बैद्यसहित फेरि एकीकृत माओवादीमा फर्किने दावी गर्नुभयो । उहाँले देश जटिल अवस्थामा रहेकाले एक–अर्कालाई गाली गर्नु भन्दा मिलेर जानु बुद्धिमानी हुने सुझाव दिनुभयो । अध्यक्ष दाहालले एकीकृत नेकपा माओवादीले नै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको भन्दै जनताले आफ्नै पार्टीबाट आशा गरेको दाबी गर्नुभयो । उहाँले समयमा चुनाव गर्नका लागि सबै पार्टी मिलेर जानुको विकल्प नभएको पनि बताउनु भएको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...