नक्कली कम्युनिष्टसँग एकता हुँदैनः प्रचण्ड

६ जेठ । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नक्कली कम्युनिष्टहरुसँग एकता हुन नसक्ने स्पष्ट पार्नुभएको छ ।

पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा भएको कार्यक्रममा अध्यक्ष प्रचण्डले एकीकृत माओवादीमात्र सच्चा कम्युनिष्ट भएको दाबी गर्दै नक्कली कम्युनिष्टसँग एकता हुन नसक्ने बताउनुभयो । उहाँले नयाँ संविधान निर्माणका लागि वामपन्थी जनमत एक ठाउँमा आउन जरुरी भएको जिकिर गर्नुभयो । अध्यक्ष प्रचण्डले परिवर्तन बिरोधी र यथास्थितिबादीले आफूहरुलाई संविधान बनाउन नदिएको आरोप लगानुभयो । उहाँले पार्टीमा प्रबेश गर्ने लहर बढेका कारण कांग्रेस र एमालेका नेतालाई उत्तेजित नभई चिन्तन मनन गर्न आग्रह गर्नुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...