विटल्स ब्याण्डका जोन र जर्जको गितार साढे तीन करोडमा बिक्रि

अमेरिकाको चर्चित सांगीतिक ब्याण्ड विटल्सका गायक जोन लेनन र जर्ज ह्यारिसले बजाउने गरेको गितार चार लाख ८ हजार डलर अर्थात करिब ३ करोड ५९ लाखमा बिक्रि भएको छ ।
परम्परागत रुपमा निर्माण गरिएको यो गितार सन् १९६६ मा भिओएक्स कम्पनीले बनाएको थियो ।
अमेरिकाको न्युयोर्कमा भएको लिलामीमा एक नागरिकले त्यति धेरै रकममा गितार खरिद गरेका हुन् । सन् १९६७ मा आयोजित म्याजिकल मिस्ट्री टुरमा ह्यारिसले यो गितारबाट आई एम द वालरस बजाएका थिए । त्यहि बर्ष लेननले यो गितारको प्रयोग गरी हेलो गड ब्वाय नामको गीत बजाएका थिए । जसको प्रयोग भिडियोमा पनि गरिएको छ । लिलामी गर्ने संस्थाले उक्त गितारको मुल्य दुई देखि तीन लाख डलरको अनुमान गरिएपनि राम्रो मुल्य प्राप्त भएको बताएको छ ।यो गितार बजाईसकेपछि लेननले १९६० मा बिटल्सका सदस्य एलेक्स म्याजिकको नामबाट चर्चित एलेक्स मरदासलाई जन्मदिनको उपहार दिएका थिए । उक्त गितारको पछाडी म्याजिक एलेक्स÷एलेक्सीका लागि साथि बनेकोमा धन्यवाद, मे १९६७ जोन लेखिएको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...