मतदाता नामावलीमा नाम हुनेहरु सबैले भोट हाल्न पाउने

३० बैशाख ।  फोटोसहितको परिचयपत्र नभएपनि मतदाता नामावलीमा नाम हुनेहरुले आगामी संविधानसभा चुनावमा भोट हाल्न पाउने भएका छन् ।
काठमाडौमा आइतबार भएको कार्यक्रममा आयुक्त अयोधीप्रसाद यादवले निर्वाचन आयोगले नियमावली परिवर्तन गरी यस्तो व्यवस्था गर्न लागेको जानकारी दिनुभएको हो । परिचयपत्र नभएपनि स्थायी बसोबास भएको ठाउँको गाविस वा वडा कार्यलयका सचिवले प्रमाणित गरेपछि मतदान गर्न पाइने उहाँको भनाइ छ । आयुक्त यादवले हालसम्म १ करोड १४ लाखको फोटोसहितको परिचयपत्र संकलन भैसकेको जानकारी दिनुभयो । उहाँले चुनावका लागि संविधानसभा ऐन २०७० छिटो पारित गर्न सरकारलाई आग्रह गर्नुभयो । कार्यक्रममा भौतिक योजना तथा निर्माण मन्त्री छविराज पन्तले निर्वाचन अध्यादेश छिट्टै राष्ट्रपतिबाट अनुमोदन गराउने बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेसका नेता डाक्टर नारायण खड्का र एमाले नेता अग्नि खरेल लगायतले निष्पक्ष चुनावका लागि राजनीतिक प्रतिबद्धता आवश्यक रहेको बताएका थिए ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...