मंगलबारबाट कक्षा ११ को परीक्षा सुरु


३१ बैशाख । उच्च माध्यमिक शिक्षा परिषद्ले सञ्चालन गर्ने कक्षा ११ को परीक्षा मंगलबारबाट शुरु भएको छ ।
जेठ १० गतेसम्म चल्ने  परीक्षामा देशभरका ३ हजार ५ सय ९६ उच्च माविका ४ लाख ३५ हजार १८ जना परीक्षार्थी सहभागी हुदैछन् । परीक्षामा ९ सय ३२ केन्द्राध्यक्षसहित कुल ३१ हजार ४ सय ४४ जनशक्ति परीचालित छन् । परीक्षाको मर्यादाबिपरितका काम गर्ने लाई एक लाख सम्म जरिवाना तथा एक बर्ष कैदको सजाय हुन सक्ने उच्च माध्यामिक शिक्षा परिषद्ले जनाएको छ । परीक्षामा मोबाईल फोन निषेध गरिएको छ । परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म हुनेछ । मंगलबारको परीक्षा शान्तपूर्ण रुपमा सम्पन्न भएको जनाइएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...