दल दर्ता प्रक्रिया सकियो, अन्तिम दिन मात्रै थपिए ६० दल

१७ जेठ । आगामी संविधानसभा चुनावका लागि निर्वाचन आयोगले खुला गरेको दल दर्ता प्रक्रिया सकिएको छ ।
 मंसिरमा चुनाव गर्नेगरी आयोगले बैशाख १७ गतेबाट शुरु गरेको दल दर्ता प्रक्रिया सकिएको हो । आयोगले खुला गरेको दल दर्तामा १३९ दल दर्ता भएका छन् । दल दर्ता पक्रियाको अन्तिम दिन मात्रै ६० वटा नयाँ दल थएिका हुन् । निर्वाचन आयोगले दल दर्ता प्रक्रियाका लागि म्याद थप नगरेको खण्डमा आगामी हुने निर्वाचनमा १३९ दलले भाग लिन पाउँने छन् । आयोगले दलहरुको अन्तिम नामावली शुक्रबार प्रकाशित गर्दैछ । पहिलो दिनमा नेकपा एमाले, एकीकृत नेकपा माओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नेपाली कांगे्रस, नेकपा माले, सद्भावना पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी जनअधिकार फोरम लगायतका पार्टी आयोगमा दर्ता भएका थिए । सरकार गठन प्रक्रियामै बिरोध जनाउँदै आएका नेकपा–माओवादी सहितका ३३ दलले दर्ता प्रक्रियामा भाग नलिएको आयोगले बताएको छ

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...