कारभित्र नै यौनक्रिडामा रमाउँछन् बेलायती महिला–पुरुष

जेठ । विश्वभर हरेक मानिसमा आ–आफ्नै चाहना हुन्छन्, कोही, नाच्ने गाउँने, विभिन्न ठाउँको भ्रमण गर्ने आदि । यस्तै पछिल्लो समयमा आधारभूत आवश्यकताको रुपमा गनिन थालेको सेक्सको विषयमा पनि विभिन्न चाहनाहरु व्यक्त गरिएका पाइन्छन् ।
एउटा नयाँ अध्ययनले झन्डै १ करोड १० लाख बेलायती महिला–पुरुषले आफ्नै कारभित्र सेक्स गर्ने गरेको देखाएको छ। यो पनि उनीहरुको चाहना भित्रे परेको देखिन्छ ।
एक अनलाइनको अध्ययनअनुसार बेलायतका खासगरी दक्षिण पश्चिमी क्षेत्रका तन्नेरीहरू बढी मात्रामा गाडीभित्रै कामोत्तेजना शान्त पार्न काममा संलग्न भएको देखिन्छ। वेल्स क्षेत्रका एकतिहाई मानिसले आफूसँग कारभित्रको सेक्सको अनुभव रहेको बताका छन् ।
गाडी बिमा कम्पनीका एक मालिकले गाडीभित्रै सेक्स गर्ने क्रम बढ्दै जाँदा गाडीको दुर्घटना पनि बढ्ने बताए पनि यस्ता क्रियाकलापले झनै प्रश्रय पाएको छ । कतिपय अवस्थामा चलिरहेको गाडीभित्रै यस्ता यौनजन्य क्रियाकलाप हुने र त्यसो गर्दा गाडीचालकले नियन्त्रण गुमाएर दुर्घटना हुने गरेको गाडी विमा कम्पनीका मालिकको भनाइ छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...