सोमालियामा एक लडाकु समुहको आक्रमण, ८ जनाको मृत्यु

१३ जेठ । सोमालियाको एक लडाकु समूहले केन्याको सीमामा रहेको प्रहरी चौकीमा गरेको आक्रमणमा ८ जनाको मृत्यु भएको छ ।

मृतकमध्ये दुई प्रहरी छन् । केही प्रहरी हराइरहेको बताइएको छ । आक्रमण अलकायदासँग साँठगाँठ भएको अल शवाव समूहले गरेको आधिकारीहरूले जनाएका छन । सोमालियामा सेनाले लडाकुलाई निश्तेजपारेको दाबी गरिए पनि लडाकुहरूले सीमा क्षेत्रमा आक्रमण गरेका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...