राप्रपा र राजपाको एकीकरणपछिको नेतृत्व थापालाई दिइने

२ जेठ । राप्रपा र राजपाको एकीकरणपछिको नेतृत्व सूर्यबहादुर थापालाई दिइने भएको छ ।
लिने जानकारी दिनुभएको हो । काठमाडौमा बुधबार भएको कार्यक्रममा अध्यक्ष राणाले  राप्रपा र राष्ट्रिय जनशक्ति पार्टीको एकता महाधिवेशनपछि थापाले नेतृत्व लिने बताउनु भयो । अध्यक्ष राणाले पार्टी सामूहिक नेतृत्वमा जाने र त्यसका लागि १३ सदस्यीय अध्यक्ष मण्डल बनाइने बताउनुभयो । उहाँले अध्यक्ष मण्डलमा आफूसहित सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, प्रकाशचन्द्र लोहनीको नाम तय भइसकेको र अन्य नामबारे छलफल चलिरहेको बताउनुभयो । राप्रपा र राष्ट्रिय जनशक्ति पार्टी बीचको एकताको महाधिवेशन जेठ ३ गतेदेखि सुरु हुने भएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...