चुनावको मिति घोषणा गर्न रेग्मीलाई राष्ट्रपतिको आग्रह

५ जेठ । राष्ट्रपति डाक्टर रामवरण यादवले संविधान सभा सदस्य निर्वाचन सम्बन्धी कानुनी व्यवस्था छिटो टुंग्याएर चुनाव मिति घोषणा गर्न मन्त्रिपरिषद् अध्यक्षलाई आग्रह गर्नु भएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा शनिबार साँझ भएको भेटवार्तामा राष्ट्रपति यादवले चुनावको निम्ति सरकारले गरेका प्रयत्नबारे जानकारी लिनुभएको हो । भेटमा मन्त्रीपरिषद् अध्यक्ष रेग्मीले निर्वाचन अध्यादेशका केही प्रावधानहरु, थ्रेस होल्ड, समानुपातिक निर्वाचनको सिट संख्या बारेमा राजनीतिक दलले राखेका मागहरुका बारेमा राष्ट्रपतिलाई जानकारी गराउनुभएको थियो । मन्त्रिपरिषद् अध्यक्ष रेग्मीले निर्वाचनमा अधिकतम् राजनीतिक दलको सहभागिता र समावेशीता सुनिश्चित गर्दै निर्वाचन मिति घोषणा गर्न सरकार चाँडै निष्कर्षमा पुग्न प्रयत्नशील रहेको कुरा बताउनुभएको थियो । छलफलमा राष्ट्रपति यादवले राजनीतिक दलहरु सहमतिमा पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...