चुनावमा महिलाहरुको सहभागिता सुनिश्चित गर्ने प्रचण्डको भनाइ

२ जेठ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी चुनावमा महिलाहरूको सहभागिता सुनिश्चित गर्ने बताउनु भएको छ ।
पार्टी कार्यालय पेरिडाँडामा बुधबार महिला अधिकारकर्मीहरुसँग भएको भेटवार्तामा अध्यक्ष प्रचण्डले अब हुने चुनावमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्ने बताउनु भएकोे हो । उहाँले महिला प्रतिनिधिहरुको संख्या घट्न नदिन ४ दलबीच छलफल भइरहेको भन्दै यसमा कुनै पनि पार्टीको विमति नरहेको जानकारी दिनुभयो । भेटमा महिला अधिकारकर्मीहरुले चुनावको मिति घोषणा हुनुपर्ने, चुनावमा महिला उम्मेद्वार र मतदाताको सुरक्षाको ग्यारेण्टी हुनु पर्ने, लैंगिक हिंसामा मुछिएका व्यक्तिहरुलाई उम्मेद्वार बन्न नहुने लगायतका माग राखेका थिए ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...