सडक दुर्घटनामा एक बालकको मृत्यु

३ जेठ । पृथ्वीराजमार्ग अन्र्तगत तनहुँको जामुने गाविस निर्मल बस्ती नजिकै पर्यटक बसले ठक्कर दिँदा एक बालकको घटना स्थलमै मृत्यू भएको छ ।
 पोखराबाट काठमाडौ आउँदै गरेको बा १ प ७९० नम्बरको पर्यटक बसले ठक्कर दिदा स्थानीय सरोज रानाभाटको मृत्यु भएको हो । दुर्घटनामा बालकको मृत्यु भएपछि आफन्तले सडकमा मृतकको शव राखेर क्षतिपूर्तिको माग गर्दै प्रदर्शन गरेका थिए । स्थानीयले राजमार्ग अवरुद्ध गरेपछि पीडित र प्रशासनबीचको सहमतिपछि मध्यान्हबाट राजमार्ग खुलेको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...