संविधानमा महिलाको पहुँच सुनिश्चितता गर्न भण्डारीबाट निर्देशन

१४ जेठ । एमाले उपाध्यक्ष विद्या भण्डारीले संविधानमा महिलाको पहुँच सुनिश्चितताका लागि प्रयत्न गर्न महिलाहरुलाई निर्देशन दिनुभएको छ ।

हिमालय ग्रामीण प्राकृतिक स्रोत व्यवस्थापन समूह हिमवन्ती नेपालको अठारौं वार्षिकोत्सव कार्यक्रममा भण्डारीले महिला अधिकार र पहुँच दिगो विकासका लागि आवश्यक भएको बताउनुभयो । स्वाधीन अर्थतन्त्र र विकासका लागि महिला अधिकार जरुरी रहेको भण्डारीको भनाई छ । कार्यक्रममा उपाध्यक्ष भण्डारीले हिमवन्तीका संस्थापक पाँच सदस्यहलाई कदरपत्रले सम्मान गर्नुभयो । १८ वर्षअघि स्थापित हिमवन्ती नेपालदले ३८ जिल्लामा सामुदायिक वनमा महिला अधिकार र आर्थिक उपार्जनका लागि क्रियाशील छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...