आज बुद्धजयन्ती विश्वभर विविध कार्यक्रम गरी मनाइँयो

बुद्धम् शरणं गच्छामि ।।
धम्मं शरणं गच्छामि ।।
सङ्घं शरणं गच्छामि ।।
११ जेठ । भगवान् गौतम बुद्धको २५५७ औँ जयन्ती शान्तिको कामना गर्दै शनिबार मुलुकभर पूजा, भजन तथा धर्मसभा, गरी मनाइँएको छ ।

बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण वैशाख पूर्णिमाकै तिथिमा परेकाले यस दिनमा नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीहरूले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् । बुद्धको जन्मस्थल लुम्विनी, ज्ञानप्राप्त गरेको बोधगया, धर्म प्रचार सुरु गरेको स्थान ऋषिपत्तन र निर्वाण प्राप्त गरेको स्थान कुशीनगरलाई वौद्धधर्मावलम्वीले चारधामका रुपमा मानी मेलाभर्ने गर्दछन् । सरकारले २००८ साल जेठ ८ गते बुद्धजयन्तीका दिन सार्वजनिक बिदा तथा २०१२ साल फागुन ७ गते लुम्बिनीमा बुद्धजयन्तीका दिन हत्या, हिंसामाथि प्रतिबन्धको घोषणा गरिएको थियो । विश्वशान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मजयन्तीका दिन संयुक्त राष्ट्रसङघले पनि सन् २००२ देखि आफ्ना निकायहरूमा सार्वजनिक बिदा दिँदै आएको छ । बुद्ध जयन्तीका अवसरमा आनन्दकुटी विहार स्वयम्भू तथा भगवान गौतमवुद्धको जन्मस्थल लुम्विनीमा हुने धर्मसभाको आतिथ्य मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीबाट ग्रहण गर्नुभयो । राष्ट्रपति डा रामवरण यादवले २५५७ औँ बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश दिँदै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण बौद्ध धर्माबलम्वी एवम् समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ । दुई हजार ५७ वर्षअघि देशको पवित्र भूमि लुम्बिनीमा जन्म लिनुभई विश्वमा शान्ति, अहिंसा र प्रेमको सन्देश फैल्याउन सफल भगवान गौतमबुद्धका उपदेश आजको परिवेशमा अझ बढी सान्दर्भिक र जीवनपयोगी छन् भन्दै उहाँले आजको यस पवित्र दिनले नेपालका सम्पूर्ण धर्मावलम्वी, जातजाति, भाषाभाषी जो जहाँ बसेका भए पनि एकताबद्ध भई आपसी सद्भाव तथा भ्रातृत्व अभिवृद्धि गरी देशमा शान्ति र सुस्वास्थ्य स्थापना गर्नका लागि प्रेरित गर्नेछ भन्ने आशा व्यक्त गर्नुभएको छ । यसैगरी उपराष्ट्रपति पमरमानन्द झाले २५५७ औँ बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश दिँदै हिंसा र उपद्रोको चपेटामा रहेको वर्तमान विश्वमा गौतम बुद्धबाट व्यक्त शन्ति र अहिंसाका सत्य वचनहरूको महत्व र सान्दर्भिकता झनै बढ्दै गएको बताउनुभएको छ । उहाँले बुद्धका उपदेशलाई हृदयंगम एवम् आत्मसात गर्न सकिएमा राष्ट्र र विश्वमा नै बन्धुत्व सद्भाव र दिगो शान्तिको स्थापना गर्न सकिने उल्लेख गर्नुभएको छ । संविधानसभाको चुनावमार्फत नयाँ संधिवानको निर्माण नै आजको प्राथमिक कार्यभार हा भन्दै उहाँले यसका लागि राजनीतिक दलबीच सहमति र सहकार्यको अर्को विकल्प नभएको बताउनुभएको छ । यसैबीच नेपालमा रहेका बौध धर्मावलम्बीहरुे बौद्ध गुम्बाहरुमा तथा स्तुपाहरुमा गएर भजन तथा आरधना गरी मनाएका छन् । त्यस्तै काठमाडौँ उपत्यकामा रहेको बौद्ध धर्मावलम्बीहरुले काठमाडौंको स्वयम्भुनाथ, तथा बौद्धस्थित स्तुपामा गएर बुद्धजयन्ति मनाएका छन् । नेपाल बाहिर रहेका नेपालीहरुले पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाएका छन् । आपसी सद्भाव, सहिष्णुता, भाइचाराको रुपमा विदेशमा रहेका नेपालीहरुले एक आपसमा भेटघाट गरी बुद्धको प्रतिमामा फूलहरु चढाउँदै बुद्धलाई सम्झना गरेका छन् । जापान, कोरिया, अष्ट्रेलिया, कुबेत, श्रीलंकालगायका देशमा रहेका नेपालीहरुले भव्य कार्यक्रमको आयोजना गरी बुद्धजयन्ती मनाएका छन् ।शान्तिका अग्रदूत महामानव गौतम बुद्धका हितोपदेशले मानवलाई सतमार्गतर्फ डो¥याउने भएकाले हामी सबैले तन, मन र वचनले बुद्धका उपदेसहरुलाई पालना गर्नुपर्छ ।
बुद्धजयन्तिका अवसरमा शुभकामना
मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले २५५७ औ बुद्ध जयन्तीको अवसरमा दिनुभएको शुभकामना सन्देशमा विश्व शान्ति र मानव हितको कार्यमा लाग्न अभिप्रेरित गर्ने बुद्ध दर्शनले कुनै पनि एक धर्म विशेषको चरित्र र गुणलाई मात्र प्रतिनिधित्व नगरी मानवता र सेवाको समग्रतालाई पुष्ठपोषण गर्ने भएकाले यो दर्शन ससांरभरी लोकप्रिय रहेको उल्लेख गर्नुभएको छ । सन्देशमा उहाँले अहिंसा, मानवता र सेवाको मूल मर्मलाई आत्मसात गरी समस्त समाज र प्राणी जगतको हितपयोगी कार्यमा लाग्नाले नै मानिसको जीवनले पूर्णता पाउँछ भन्ने विचारका प्रवद्र्धक र्गौतम बुद्धका दार्शनिक चिन्तनहरू सदा अनुकरणीय रहेको भन्दै उहाँले विश्वभरी नै असहमति र विविध प्रकारका  द्वन्द्वका केही प्रभाव परिरहेको वर्तमान समयमा बुद्धधर्मका आधारभूत मान्यताहरूको महत्व अझ वृद्धि भएको धारणा राख्नु भएको छ । राजनीतिक परिवर्तनसँगै नेपालको शान्ति प्रक्रिया विश्व राजनीतिमा उदाहरणीय रहेको स्मरण गर्दै उहाँले राजनीतिक परिवर्तनमार्फत अघि बढेको शान्ति प्रक्रियालाई संधिवान निर्माण गरी सम्पन्न गराउनुपर्ने दायित्वलाई मूर्तरूप दिन संधिवानसभाको रचनात्मक सहभागितामा केन्द्रित गर्न आम जनसमुदायसँग आह्वान गर्नुभएको छ । आजको दिनमा शान्तिका सम्वाहक गौतम बुद्धबाट मार्गनिर्देश भएको शान्ति, मानवता, सेवाको सन्देशले हामी सम्पूर्ण नेपालीलाई अभिप्रेरित गर्दै राष्ट्रिय हित र सामाजिक समृद्धिको कार्यमा लाग्न सबैलाई प्रेरणा मिलोस भनी कामना गर्नुभएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...