फर्जी कागज बनाएर अर्कैको जग्गा विक्रि

७ जेठ । काठमाडौको बुढानीलकण्ठमा अर्काको जग्गाको फर्जी कागजात बनाएर एक व्यक्तिले दुइ रोपनी आठ आना जग्गा बिक्री गरेको भेटिएको छ । रुपन्देहीका रिशव धितालले नागरिकताको प्रमाणपत्र र मालपोतमा जग्गाको विवरण राखिने मोठ ढड्डामा फोटो परिवर्तन गरेर उनले अर्काको जग्गा बेचेका हुन् । जग्गा किन्ने पक्षले मंगलबार काठमाडौमा पत्रकार सम्मेलन गरी आफूहरु ठगिएको दाबी गरेका छन् । उनीहरुले चावहिल मालपोत कार्यलयका कर्मचारीको मिलेमतोमा फर्जी कागजात बनाई जग्गा बेचिएको बताए । गत साउनमा काठमाडौका खड्का भद्रकालीका राजन श्रेष्ठ, उनकी श्रीमती लक्ष्मी र छोरी सजनालेसयुक्त रुपमा जग्गा किनेका हुन् । जग्गा किनेर १२ आना अर्कै व्यक्तिलाई बेचेर घर बनाउन लाग्दा, वास्तविक जग्गा धनी आएपछि मात्रै किर्ते गरेको खुलासा भएको हो । फर्जी कागजात बनाएर जग्गा बेच्ने रिशव धिताल, र साक्षी लोकबहादुर तामाङ फरार छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...