गोर्खा कप अन्तर्गत शनिबारको खेलमा थ्रीस्टारको शानदार जीत

११ जेठ । काठमाडौंमा जारी गोर्खा कप फुटबल प्रतियोगितामा अन्तर्गत शनिबार भएको पहिलो खेलमा ए डिभिजन लिग च्याम्पियन थ्रीस्टार क्लवले शानदार जीतको सुरुवात गरेको छ ।
स्टार खेलाडीहरुको बाहुल्यता रहेको थ्रीस्टारले मोफसलको क्लव नवलपरासीको देशभक्तलाई ६–० को फराकिलो अन्तरले हराएको हो । थ्रीस्टारलाई जिताउने क्रममा कप्तान सन्तोष साहुखलले ह्याट्रिक गरे । त्यसैगरी डोडोज, निराजन खड्का र योगेश गुरुङले एक–एक गोल गरे । साहुखलले पाएको एउटा पेनाल्टीलाई भने खेर फालेका थिए । थ्रीस्टारका भरपर्दा खेलाडी सन्दीप राई घाइते भएका कारण खेलेनन् । बिहीबारदेखि सुरु भएको प्रतियोगितामा मच्छिन्द्र क्लव र नेपाल पुलिसले विजयी सुरुवात गरेका छन् । १६ टिम सहभागी प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ जित्नेछ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...