भारतमा माओवादीबाट १७ जनाको हत्या

१२ जेठ । भारतको छतिसगढ राज्यको सुकमामा माओवादीले दुई वरिष्ठ नेतासहित १७ जनाको हत्या गरेको छ ।
 कांग्रेसले निकालेको ¥यालीमा माओवादीले हमला गरी कांग्रेसका वरिष्ठ नेता तथा पूर्व केन्द्रीयमन्त्री महेन्द्र कर्मा र विधायक उदय मुदलियारसहित १७ जनाको हत्या गरेको छ । त्यस्तै, माओवादीले छतिसगढका कांग्रेस प्रदेश अध्यक्ष नन्दकुमार पटेल र उनका छोराको अपहरण गरेको छ । एक हजारभन्दा बढीको संख्यामा आएको शसस्त्र माओवादीको आक्रमणमा अन्य केही नेता–कार्यकर्ता र सुरक्षाकर्मीको पनि मृत्यु भएको बताइएको छ ।  माओवादीले ¥यालीका केही गाडी एम्बुसमा पारेको थियो भने चारैतिरबाट घेरा हालेर नेता तथा कार्यकर्तामाथि अन्धाधुन्ध गोली प्रहार गरेको थियो । आक्रमणको कांग्रेस अध्यक्ष सोनिया गान्धि र प्रधानमन्त्री मनमोहन सिंहले निन्दा गरेका छन्  ।


0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...