आँधीको रुपमा आएको एमाओवादी चुनाव पछि आँधीकै रुपमा बढारिन्छः खनाल

५ जेठ । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले यसअघि आंधीको रुपमा आएको एकीकृत माओवादी संविधानसभा चुनावपछि आँधीकै रुपमा बढारिएर जाने टिप्पणी गर्नुभएको छ ।
नेकपा एमाले सुनसरीको छैठौ अधिवेशनमा सहभागी हुन धरान पगेका अध्यक्ष खनालले संविधानसभा चुनावपछि एमाले पहिलो शक्ति बन्ने दाबी गर्नुभएको हो । उहांले आफ्नो पार्टी बन्दुक बोकेर नभई दर्शन र लक्ष्य बोकेर देशलाई समाजवाद हुँदै साम्यवाद तर्फ  डोर्याउन अग्रसर भएको बताउनुभयो । अधिवेशनमा सहभागी महासचिव इश्वर पोखरेल, विघटित संविधानसभाका पूर्व सभामुख सुभाषचन्द्र नेम्वाङ लगायतका नेताले एनेकपा माओवादीले विभिन्न बहाना झिकेर चुनावी प्रक्रियालाई अगाडि बढ्न नदिएको आरोप लगाएका थिए । दुई दिन सम्म चल्ने अधिवेसनले सुनसरीमा नयाँ नेतृत्व चयन गर्ने छ ।
 

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...