पूर्व लडाकुहरुबाट नयाँ संगठन गठन

तत्कालीन नेकपा माओवादीका पूर्व लडाकुहरुले नयाँ संगठन गठन गरेका छन् ।
काठमाडौमा विहीबार पत्रकार सम्मेलन गरी पूर्व लडाकुरुहले एमाओवादी र अन्य दलले आफूहरुले गरेको जनयुद्धलाई पैसासँग तुलना गरेको भन्दै नयाँ संगठन गठन गरेका हुन् । उनीहरुले शिबिरमा भएको अनियमिता र माओवादीका पूर्व जनमुक्ति सेनाका पक्षमा काम गर्ने भन्दै पूर्व लडाकु क्रान्तिकारी युवा नेपाल गठन गरेको बताएका छन् । पूर्व लडाकुहरुले अयोग्य बनाइएका ४ हजार लडाकुहरुलाई योग्य घोषित गर्नुपर्ने, पूर्व ६ सय १ सभासद्ले तलब भत्ता फिर्ता गर्नुपर्ने र सात वटा शिविरमा रहेका बिग्रेड कमाण्डरदेखि माथिल्लो नेतृत्वको सम्पत्ति छानबिन गर्न माग गरेका छन् । उनीहरुले आफनो मागको सुनुवाई नभए आगामी संविधान सभा चुनाव बिथोल्ने चेतावनीसमेत दिएका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...