इराकमा सेना र बन्दुकधारीबीच झडप, ७ सैनिकको मृत्यु

१० जेठ ।  इराकको ताजी क्षेत्रमा सेना र बन्दुकधारीबीच भएको भिडन्तमा सात सैनिकको मृत्यु भएको छ ।

बन्दुकधारी समूहले ताजीस्थित सेनाको चेकपोष्टमा आक्रमण गरेपछि भिडन्त भएको थियो । यसैबीच, इराकको राजधानी बग्दादस्थित वेश्यालयमा बन्दुकधारीले गरेको  आक्रमणमा १२ जनाको मृत्यु भएको छ । मृतकमध्ये सात महिला र पाँच पुरुष छन् । इराकमा गत साता मात्रै तीन सय जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । संयुक्त राष्ट्र संघका अनुसार इराकमा भएको हिंसामा गत अप्रिलमा करिब सात सय जनाको मृत्यु भएको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...