ईराकमा श्रृङ्खलाबद्ध बम विष्फोट ११ जनाको मृत्यु

१७ जेठ । इराकमा भएको श्रृङ्खलाबद्ध बम विष्फोटमा ११ जनाको मृत्यु भएको छ ।

 इराकको राजधानी बग्दाद र उत्तरी शहर मौसुलमा कार बम विष्फोट भएको अधिकारीहरुले बताएका छन् । बग्दाद वरपरका विभिन्न शिया मुस्लिम बाहुल्य क्षेत्रमा बम आक्रमण भएको हो । विष्फोटको जिम्मेवारी कसैले लिएको छैन । इराकमा पछिल्ला समय अलकायदा बिद्रोहीले शिया मुस्लीम हरुलाई निशाना बनाउने गरेको छ । शिया र सुन्नी मुस्लीम समुदायको विवादका कारण इराकमा गत महिना मात्र ११ सयको ज्यान गएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...