मिसाइल उपलब्ध गराउने कदमको अमेरिका र रसियाबाट आलोचना

५ बैशाख । सिरिया सरकारलाई मिसाइल उपलब्ध गराउने कदमले द्वन्द्व ग्रस्त मुलुकमा अभैm अस्थिरता आउने भन्दै अमेरिकाले रसिया सरकारको आलोचना गरेको छ ।
एक उच्च अमेरिकी सैनिक अधिकारीले सिरियाली सेनालाई अत्याधुनिक मिसाइलहरु विक्री गर्नु दुर्भाग्यपुर्ण निर्णय भएको भन्दै आलोचना गरेका हुन् । रसियाले सिरियासँगको सम्झौता अनुसार अत्याधुनिक मिसाइल प्रणाली सिरिया सरकारलाई बिक्री गरेको भन्दै अमेरिकी सेनाले शान्ति प्रक्रियामा गम्भीर असर पर्ने बताएको छ । रसिया र अमेरिकाले सिरियामा राजनीतिक समाधान खोज्न बृहत अन्तराष्ट्रिय सम्मेलन आयोजना गर्ने सहमति गरेको केही दिनमै रसियाले मिसाइल पठाएपछि अमेरिका र रसियाको सिरिया सम्बन्धमा धारणा पुनः विभाजन भएको छ । रसियाले सिरिया सरकारलाई बिक्री गरेको याकहन्त मिसाइल प्रणाली सिरियासरकाले सम्भावित बाह्य सैन्य हस्तक्षेप विरुद्ध प्रयोग गर्न सक्ने विश्लेषण गरिएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...