गृहमन्त्री सप्तरीमा, हत्यारालाई कारवाही गरिने आश्वासन

१० जेठ । सप्तरी पुगेका गृहमन्त्री माधव प्रसाद घिमिरेले पुर्व सभासद् सदरुल मियाँ हकको हत्यामा संलग्न भएकाहरुलाई कारवाही गरिने बताउनुभएको छ   ।
 पुर्व सभासद् मियाँको शबमा श्रद्धाञ्जली दिन शुक्रबार विहान सप्तरीको कल्याणपुर–२ स्थित मियाँको घर पुग्नुभएकागृहमन्त्री घिमिरेले  मियाँको हत्या दुखद भएको भन्दै हत्यारालाई कानुनी दायरामा ल्याउन राज्यले सुरक्षा संयन्त्र परिचालन गरिसकेको र अनुसन्धान जारी रहेको बताएका बताउनुभयो। हत्यामा संलग्नहरुलाई कार्वाही गर्न सरकार प्रतिबद्ध रहेकाले चाडो भन्दा चाडो हत्याराको पहिचान हुने विश्वास व्यक्त गर्नुभयो । सरकारले पुर्वसभासद् मियाँको हत्या प्रकरणको न्यायिक छानविनका लागी महिनाभित्र प्रतिवेदन बुझाउन विहीबार नै आयोग गठन गरिसकिएको जानकारी दिनुभयो । विहान साढे आठ बजे घट्नास्थल पुग्नुभएका गृहमन्त्री घिमिरेले पुर्वसभासद् मियाँको पार्थिव शरिरमा फुल अर्पण गरि श्रद्धाञ्जली दिदै शोकाकुल पुर्वसभासद्का परिवारजनलाई धैर्यधारण गर्न आग्रह गर्नुभयो । करिब २० मिनेटसम्म मियाँका परिवारसँग कुराकानी गर्नुभएका गृहमन्त्रीले हत्यामा संलग्नलाई पक्राउ गरि कार्वाही गर्न सरकारले कुनै कसर बाँकी नराख्ने अश्वासन दिनुभयो । गृहमन्त्री नआएसम्म शबलाई अन्त्येष्ठि नगर्ने अडानमा रहेका संघर्ष समितिले गृहमन्त्री घटनास्थलमा पुगेपछि शबको मुस्लिम परम्परा अनुसार अन्त्येष्ठि गरिने बताएको छ । गृहमन्त्री घिमिरेले शुक्रबार राजविराजस्थित सगरमाथा अञ्चल प्रहरी कार्यालयमा पुर्व सभासद् मियाँको हत्याको बिरोधमा आन्दोनरत संघर्ष समितिका पदाधिकारी, बिभिन्न राजनीतिक दलका नेता तथा स्थानियबासीहरुसँग घट्नाको बिषयमा छलफल गर्ने कार्यक्रम रहेको छ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...