संकट समाधानका लागि सत्ता त्याग्न असदलाई अमेरिका र टर्कीको आह्वान

३ जेठ । सिरियाली राष्ट्रपति बसर अल असदलाई सत्ता त्यागी संकटको समाधान खोज्न अमेरिका र टर्कीले आह्वान गरेका छन् ।
 अमेरिकी राष्ट्रपति बाराक ओबामा र टर्कीका प्रधानमन्त्री रिकेप तायाप इर्दोगानबीच अमेरिकामा भएको भेटवार्तापछि दुई मुलुकले सिरियाली राष्ट्रपतिलाई सत्ता त्याग्न आग्रह गरेका हुन् । भेटवार्ताका क्रममा सिरियामा रासायनिक हतियार प्रयोग भएको समेत अमेरिकी राष्ट्रपति ओबामाले पुष्टि गरेका छन् । सिरियाको दुई वर्ष लामो हिंसाको समाधान नै असदको बहिर्गमन भएको भन्दै ओबामाले त्यसमा टर्कीको ठूलो भूमिका हुने बताएका छन् । सिरिया समस्याबारे छलफल गर्न अमेरिका पुगेका टर्कीस प्रधानमन्त्री तायापले रासायनिक हतियार प्रयोग भएको प्रमाण टर्कीस अधिकारीहरूले समेत फेला पारेको भन्दै स्वतन्त्र पुष्टिका लागि केही समय लाग्ने बताएका छन् । सिरियाली संकटका क्रममा अमेरिका र टर्कीले विपक्ष्ँी बिद्रोहीलाई समर्थन गर्दै आएका छन् । अमेरिकी राष्ट्रपति ओबामाले सिरियामा सैनिक हस्तक्षेपसम्मको विकल्प खुल्ला रहेको बताउँदै आएका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...