गोर्खा कप फुटबलमा दोस्रो चरणका खेल शुरु

१४ जेठ । गोर्खा कप फुटबल प्रतियोगिता अन्तर्गत मंगलबारबाट दोस्रो चरणका खेलहरु शुरु भएका छन् ।

दिउसो २ बजे सुरु हुने खेलमा प्रतियोगिताको पहिलो खेलमा पराजित दुई क्बल सरस्वती र मुनाल भिड्दैछन् । सरस्वती समुह चरणको पहिलो खेलमा मच्छिन्द्र क्लब संग ६–१ गेल अन्तरले पराजित भएको थियो । यता ए डिभजन जिल्ला लिग बिजेता मोफसलको मुनाल क्लबले प्रतियोगिताको पहिलो खेलमा नेपाल पुलिस क्बलसंग तीन–शुन्यको हार बेहोरेको थियो ।  यता दिउसो चार बजेबाट सुरु हुने दोस्रो खेलमा नेपाल पुलिस क्बल र मच्छिन्द्र फुटबल क्बल आमने–सामने हुदैछन । यी दुई क्बल बिचको खेलको बिजेताले नकआउट चरण यात्रा तयगर्ने लगभग पक्का छ । कर्न लिम्बुको कप्तानीमा रहदै गोर्खा कपमा उत्कृष्ट सुरुवात गरेको मच्छिन्द्र प्रशिक्षक राजु शँक्यको नेतृत्वमा मैदानमा उक्रनेछ । त्यस्तै, बिराट कृष्ण श्रेष्ठ प्रशिक्षणमा रहेको डिफेन्डिङ च्याम्पियन नेपाल पुलिसले जुमानु राईको कप्तानिमा मच्छिन्द्र बिरुद्धको खेल खेल्नेछ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...