मुस्ताङको जोमसोममा नेपाल वायु सेवा निगमको विमान दुर्घटना

२ जेठ । मुस्ताङको जोमसोममा विमान दुर्घटना भएको छ ।

आज विहान पोखराबाट जोमसोमका लागि उडेको नेपाय वायु सेवा निगमको नाइन एन एबीओको ट्वीनेटर विमान अवतरणका क्रममा दुर्घटना भएको हो । विमानमा सवार सबै जना सकुशल छन् । विमानमा सवार केहीको मानिस घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर छ । गम्भीर घाइतेहरूलाई तारा एयरको विमानबाट पोखरा ल्याइएको छ । सामान्य घाइते ६ जना जिल्ला अस्पताल मुस्ताङमा उपचार भइरहेको छ । विमान जोमसोम विमानस्थलनजिकै कालिगण्डकी नदीमा खसेको थियो । विमानमा एक बालकसहित १९ यात्रु, दुई चालक दलका सदस्य र एक परिचारिका सवार थिए । विमानमा चालक दिपेन्द्र प्रधान, सहचालक सुरेश केसी र परिचारिक शान्ता माया तामाङ सवार थिए । त्यस्तै, नेपाली यात्रुमा लाक्पा नोर्बु शेर्पा, सन्दोष विके, मधु पन्त, डिल्लीराज पन्त, गोविन्द पहाडी, उमा थापामगर, याङ्जङ् गुरुङ, के गुरुङ र पाल रानामगर छन् । त्यस्तै जापानिज नागरिकहरुमा हाजिमे नाम्वा, सेटुको साटो, इट्सुको ट्रेडा, साटियो कावावे, वाइको याजवा, हिरोमी याजवा, हिरोकु कावावानी र अकिको एबीइ रहेका छन् ।  आजको एक वर्ष अघि अर्थात २०६९ साल जेठ १ गते जोमसोम विमानस्थलमा अग्नि एयरको विमान दुर्घटना भएको थियो । दर्घटनामा  १७ जनाको मृत्यु भएको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...