चेन्नाई सुपर किंग्स फाइनलमा प्रवेश

८ जेठ । चेन्नई सुपर किङग्स इन्डियन प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ ।
दिल्लीस्थित फिरोज शाह कोट्ला स्टेडियममा गएराति भएको खेलमा चेन्नई सुपर किङग्सले मुम्बई इन्डियन्सलाई ४८ रनले पराजित गर्दै अन्तिम दुईको स्थान तय गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको चेन्नई सुपर किङग्सले निर्धारित २० ओभरमा मात्र १ विकेटको क्षतिमा १ सय ९२ रनको योगफल तयार पारेको थियो । चेन्नईका लागि माइक हसीले अविजित ८६ रनको योगदान दिए । उनले ५८ बलको सामना गदै १० चौका र दुई छक्का प्रहार गरेका थिए । त्यस्तै, सुरेश रैनाले अविजित ८२ रन जोडेका थिए । ४२ बल खेलेका रैनाले ५ छक्का र ५ चौका प्रहार गरे । त्यस्तै, मुरली विजयले २३ रन जोडे । मुम्बईका लागि किरन पोलार्डले एक विकेट लिएका थिए । १ सय ९३ रनको लक्ष्य लिएर ब्याटिङ गरेको मुम्बई इन्डियन्सको पारी १८ दशमलव ४ ओभरमा मात्र १ सय ४४ रनमा समेटिएको थियो । मुम्बइका लागि ड्यान स्मिथले सर्वाधिक ६८ रनको योगदान दिएका थिए । त्यस्तै, रोहित शर्मा २४ रन र दिनेश कार्तिक ११ रन बनाएर आउट भए । प्रतियोगिताअन्तर्गत बुधबार राति राजस्थान रोयल्स र सनराइसेर्स हैदराबादबीच खेल हुनेछ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...