चुनाव स्थगितको विरोधमा टि यु मा ताला

१७ जेठ ।  एकिकृत नेकपा माओवादीको बिद्यार्थि संगठन अखिल क्रान्तिकारीले शुक्रबार त्रिभुबन बिश्बबिद्यालय किर्तिपुरमा ताला लगाएको छ ।
 स्ववियु चुनाव स्थगितको विरोध तथा स्वबियु निर्बाचनको मिति तोक्नुपर्ने माग सहित  बिश्बबिद्यालयका उपकुलपतिको कार्यकक्षमा ताला लगाएको हो । फर्जि भर्नाका बिषयमा बिद्यार्थि संगठनहरुबिच कुरो नमिलेपछि त्रिबिले विहीबार अर्को सुचना जारी नभएसम्मका लागि आगामी २३ गतेका लागि तोकिएको चुनाव स्थगित गरेको थियो । साथै अखिल क्रान्तिकारीले छिटो भन्दा छिटो निर्बाचनको मिति नतोके कडा आन्दोलनमा उत्रने चेतावनी दिएको छ । त्यस्तै चुनावको मिति घोषणाको माग राख्दै देशभरका सरकारी क्याम्पसमा शुक्रबार विहान विद्यार्थी संगठनहरुले दुई घण्टा चक्काजाम गरेका थिए ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...